यूएईमा एक वर्षमा ८ महिलासहित ८४ नेपालीको मृत्यु


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

पुस २५, काठमाडौं । यूएईमा एक वर्षको अवधिमा ८ महिलासहित ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीमा युएई पुगेका नेपालीहरूको सो संख्यामा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ ।

मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरू २६ प्रतिशत रहेका छन् । नेपाली दूतावास अबुधावीका अनुसार ४ वर्षको रेकर्ड हेर्दा सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो ।

यूएईमा नेपाली कामदारहरूको सरकारी तथ्यांक नभए पनि करिब दुई लाख ५० हजार नेपाली कामदार भएको अनुमान गरिन्छ । खासगरि यूएईमा नेपाली महिलाहरू घरेलु कामदार लगायतको क्षेत्रमा जाने गर्दछन् ।

यसैबीच वैदेशिक रोजगारमा गएका महिलामध्ये सन् २०१७ मा विभिन्न समस्याका कारणले १४ जना महिलाहरू नेपाल फर्कीको पौरखी नेपालले जननाएको छ । संस्थाको तथ्यांक अनुसार सो अवधिमा २०१७ मा चोटपटकका कारण ७ जना, बच्चा सहित २ जना, गर्भ सहित ५ जना नेपाल फर्कीको जनाएको छ । यस्तै सन् २०१६ मा चोटपटकका कारण १६ जना, बच्चा सहित १ जना र गर्भ सहित पाँच जना नेपाल फर्किएका थिए ।
स्रोतः महिला खबर

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com