आत्महत्या गर्नेको संख्या बढ्दो, आत्माहत्या गर्नेमा १२ देखि ३० वर्ष उमेर समूहका


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

पुस २५, ओखलढुंगा । पछिल्लो समय ओखलढुङ्गामा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा १ सय ४८ जनाले आत्महत्या गरेका छन् । समग्र तथ्याङ्कमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या बढी रहेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०र७१ मा झुन्डिएर आत्माहत्या गर्ने २० जना, हाम फाली आत्माहत्या गर्ने १ जना र बिष सेवान गरि आत्माहत्या गर्ने ७ जना रहेका छन् । त्यस्तै आर्थिक बर्ष ७१र७२ मा झुण्डिएर ९ जनाले आत्महत्य गरेका थिए भने विष सेवान गरी आत्महत्या गर्नेको संख्या १ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७२र७३ भने झुन्डिएर २०, विष सेवान गरी ६ र अन्य प्रकृतिमा आत्महत्या गर्ने १ जना रहेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७३र०७४ मा झुन्डिएर २१, विष सेवन गरेर ९ जना र हामफाली १ जनाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमा १२ देखी ३० वर्ष उमेर समूहका धेरै रहेका छन् । चालू आर्थिक वर्षको ६ महिनामा झुन्डिएर १४ जना र विष सेवन गरी ४ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढ्नुमा सामाजिक वातावरणको मुख्य भूमिका रहेको समाजशास्त्री दिपेश घिमिर बताउँछन् । आत्माहत्या विषेश गरी गाउँमाभन्दा सहरी क्षेत्रमा बढि हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com