राष्ट्रियसभाका लागि १० दल दर्ता


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।

माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।

ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । उहाँका अनुसार नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com