हिँउका कारण चीनमा २१ जनाको मृत्यु


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ ।

यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ ।

भिषण हिउ बर्षा र हिउआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।
झण्डै तीन हजार ७०० जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार झण्डै सात सय घर ध्वस्त भएको र २८ सय घरमा क्षती पुगेको छ ।

खराब मौसमले झण्डै दुई लाख ३३ हजार १०० हेक्टर क्षेत्रफलको कृषीभूमीमा असर पारेको छ । त्यस मध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com