गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ’ आदेश जारी
प्रकाशित मिति : पुस २४, २०७४ सोमबार
सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो।
सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनको आधारमा मुद्दा तयार भएको हो। डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औं अनशन सुरु गरेका छन्।