पूर्व राजा र योगी आदित्यनाथबीच भेटवार्ता


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।

‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहले भेट गर्नुभयो,’ योगीले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्।

मध्य तथा सूदुरपश्चिमका विभिन्न धार्मिक स्थलमा पूजापाठका लागि गएका पूर्वाराजा शाह नेपालगञ्ज, धनगढ हुँदै लखनउ गएका थिए। उनी गत पुस १४ गते सपरिवारसहित नेपालगञ्च पुगेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com