धुर्मुस – देशको लागी सबैले आ-आफ्नो दायित्व पुरा गर्ने हो भने नेपाल देश बन्न केहि गार्हो छैन


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

काभ्रे,सिन्धुपाल्चोक र महोत्तरीमा एकिकृत नमुना बस्ती बनाइसकेका धुर्मुस यतिबेला रौतहटको सन्तपुरमा बाढिपिडितको लागी चौंथो नमुना बस्ती बनाइरहेका छन् र सितलहरका लागी तराईमा न्यानो कपडा वितरण पनि गरिरहेका छन्।

नेपाल सरकारले पनि आफ्नो कामको लागी महत्वका साथ सहयोग गरिरहेको बताउछदै धुर्मुस भन्छन् -केपी ओली सरकारका पालामा भन्सार विभागबाट निर्माण सामग्री ढुवानीका लागी गाडी प्रदान गरिएको,प्रचण्ड प्रधानमन्त्री हुँदा एक महिनाको तलब र देउवा सरकारको पालामा नमुना बस्तीको लागी लाग्ने कर छुट भयो।

धुर्मुस भन्छन्-हिमाल,पहाड मधेश जहाँ रहेपनी मात्रै हामी नेपाली होउ,एउटा नेपालीलाई परेको बेलामा अर्को नेपालीले सहयोग गर्नैपर्छ,त्यहि हो मानविय धर्म।

धर्तीमा जन्मिएपछि मरेर लाने केहि होइन,भोली मरेर जादाँ पनि अमिट छाप छोड्ने काम गर्नुपर्छ। देशको लागी सबैले आ-आफ्नो दायित्व पुरा गर्ने हो भने नेपाल देश बन्न केहि गार्हो छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com