‘अमेरिकी राजनीतिमा एउटा इतिहास बनाउनु छ’


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

– ह्यारी (एचबी) भण्डारी

नेपाली मुलका युवा एचबि भण्डारी ह्यारीले अमेरिकी राजनीतिमा डेमोक्रयाट पार्टीको तर्फबाट आफुलाई स्थापित गर्दैछन् । भण्डारी डेमोक्रयाट पार्टीका तर्फबाट मेरिल्याण्ड राज्य अन्र्तगतको प्राइमरी डिष्ट्कि ८ को उम्मेदवार हुन् । नेपालको पर्वतमा जन्मेका भण्डारीले मेरिल्याण्ड राज्यको प्रतिनिधि सभाको आगामी प्राइमरी चुनावको उम्मेदवार प्रस्तुत गर्दै अमेरिकी राजनीतिमा आफुलाई उभ्याउँदैछन् । डेमोक्रयाट पार्टीमा करिव दशक बढी देखी सक्रिय भण्डारीले चुनाव जितेमा एउटा नेपाली युवाले अमेरिकी राजनीतिमा प्रवेश पाउनेछ । डेमोक्रयाट् पार्टीका उम्मेदवार बनेका भण्डारी हालै मेरिल्याण्ड राज्यबाट एशियन अमेरिकन अवार्डबाट समेत सम्मानित भईसकेका छन् । यसै सन्र्दभमा भण्डारीसंग खसोखासका प्रवन्ध सम्पादक अनिल अधिकारीले गरेको संक्षिप्त कुराकानी ।

 

अमेरिकामा चुनाव लड्दै हुनुहन्छ, तयारी कस्तो छ ?

अहिले चुनावको तयारी तिव्र रुपमा भईरहेको छ । हामीलाई सहयोग गर्ने सहयोगी मनहरुले सहयोग गरिरहनु भएको छ । म जित्नेगरी लागेको छु । यस अगाडी केही झिनो मतले हारेको थिएँ, यसपटक बहुमतले जित्नु भन्ने लागेको छ । हामीले एउटा इतिहास बनाउँदै छौं । नेपालको एउटा दुर्गम क्षेत्रमा जन्मेको म विश्वको नेतृत्व गरिरहेको अमेरिकामा चुनाव लड्नु त्यत्ति सहज होइन तर म जित्ने गरी लागेको छु, इतिहास रच्ने गरी लागेको छु ।

अमेरिकी राजनीतिमा आफुलाई उभ्याईरहँदा यहाँका राजनीतिज्ञहरुको पनि सहयोग चाहिन्छ होला नि ?

हो तपाईले भने जस्तै यहाँ पुरानाहरुको सहयोग र साथ चाहिन्छ, मलाई मेरिल्याण्ड राज्य अन्र्तगत डेमोक्रयाट् पार्टीका सिनेटरका उम्मेदवार क्याथी क्लास्मिर लगायतको टिमको समर्थन छ । म यहाँका पुराना राजनीतिज्ञहरुको सरसल्लाहमा अगाडि बढी रहेको छु । स्थानियस्तरमा पनि भेटघाट र छलफल चलिरेको छ । यसर्थ चुनाव जित्छु भन्नेमा ढुक्क छु । हाम्रो पार्टीले बलियो टिम बनाएर अगाडी बढी रहेको छ ।

चुनावका लागि खर्च कसरी जुटाउनु भएको छ ?

पक्कै हो, हामीलाई घेरै रकमको आवश्यकता छ । यहाँ चुनावका लागि मैदानमा आई रहँदा मलाई धेरै नेपाली दाजुभाई दिदी बहिनीहरुको सहयोग र समर्थन प्राप्त भएको छ । बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले समेत मलाई सहयोग गर्नु भएको छ । आशा छ यो अभियान पुरा गर्नका लागि अझै सहयोग प्राप्त हुनेछ । मैले करिव करिव ५० हजार डलर देखी ८० हजार डलर खर्च हुने अनुमान गरेको छु । आधा भन्दा धेरै रकम जुटि सकेको छ, बाकी सहयोगी मनहरुबाट आउँदैछ ।

तपाईको क्षेत्रमा डेमोक्र्याटहरुको अवस्था कस्तो छ ?

सान्र्दभिक प्रश्न गर्नुभयो, चुनावमा भिडिरहँदा मेरो क्षेत्र कस्तो छ, त्यो पहिचान हुनु जरुरी छ । त्यस हिसाबले हेर्दा मेरो क्षेत्र डिष्ट्कि ८ कन्जरभेटिभ डेमोक्रयाटहरुको बाहुल्यता रहेको स्थान हो । गत बर्ष भएको राष्ट्पति चुनावमा हिलारी क्लिण्टनले जितेकी थिइन् । यस हिसाबले हेर्दा हामी जितको नजिक छौं ।

तपाईले चुनाव जित्छु भन्ने आधार के हो ?

अमेरिकी राजनितिमा म सक्रिय भएको करिब एक दशक हुन थाल्यो । म यहाँको सामाजिक काममा पनि त्यत्ति नै सक्रिय छु । हरेक कृयाकलापमा म सहभागि हुन्छ । अनि म यहाँको विश्वविद्यालयमा अंग्रेजी भाषाको प्राध्यापक समेत हुँ । अनि मैले माथी भने जस्तै यहाँका नेताहरुको मलाई समर्थन छ । मलाई एशियन अमेरिकनहरुको पूर्ण सहयोग मिल्ने विश्वास लिएको छु । यो राजनीतिक यात्रा मेरो मात्रै होइन्, हामीले अमेरिकन राजनितीमा इन्ट्ी मार्दैछौं । मलाई चुनाव जिताउनका लागि बिशेषगरी नेपाली समुदाय तिव्र रुपमा लागिरहेको छ ।

अमेरिकी राजनीतिमा होमिनु भएको छ, नेपाली समुदायबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?

म नेपालको पर्वत जिल्लामा जन्मेको मान्छे हुँ । साधारण परिवारमा हुर्केको मान्छे म नेपालमा पनि शिक्षण पेशामा थिएँ अहिले यहाँ आएर पनि म शिक्षण पेशामा संलग्न छु । म एउटा इतिहास निमार्ण गर्ने अभियानमा छु, म नेपालीहरुको सहयोग बिना अधुरो छु, मैले राजनीतिक शुरुवात गरिरँदा मलाई हरेक पलमा नेपालीहरुको सहयोग छ । नेपाली समुदायको सहयोग बिना यो अभियान सफल हुँदैन् । हामी नयाँ इतिहास रच्ने अभियानमा छौं । हाल सम्म मलाई धेरै नै सहयोग प्राप्त भएको छ । म पूर्ण विश्वस्त छ,ु कि नेपाली समुदायले मलाई सहयोग गर्नुहुनेछ र मलाई बिजयी गराउनु हुनेछ । तपाईको ५, १०, २० डलरको सहयोगले हामीले इतिहास बनाउने छौं । यसर्थ म सबैमा सानो भन्दा सानो सहयोगका लागि बिनम्र आग्रह गर्दछु । म समग्र नेपाली समुदायको बृहत्तर हितमा सँधै काम गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै, यस चुनावी अभियानमा सहयोग गर्न आग्रह गर्दछु ।

 

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com