हुन्छ त पार्टी एकता ?


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको छ।

फायल फोटो

बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुने सचिव योगेश भट्टराईका जानकारी दिए । त्यसका लागि कार्यदल गठन गर्ने तयारी छ । पार्टी एकताको विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको थियो । छलफलमा पार्टी एकताका लागि वैचारिक(राजनीतिक र सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सहमति भएको थियो ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत छ । सोही बैठकबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने दुबै पार्टीका नेताहरुले बताएका छन् । यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com