नेपाली कांग्रेसका नेताको घरमा बम विस्फोट


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पुस २४, काठमाण्डौं । नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । राईको घरमा आइतबार राति अज्ञात समूहले राखेको बम ठूलो आवाजमा विष्फोट भएको हो ।

विष्फोटका कारण मानवीय क्षति नभए पनि स्थानीय एक जनाको परालको कुन्यूमा आगो लागेको नेता राईका बुबा भोजबहादुर राईले जानकारी दिएका छन् । बम विष्फोटको घटनाबारे अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको छ । ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक टेकबहादुर पालको अगुवाईमा टोली घटनास्थल पुगेको छ । विष्फोटका कारण लिखु गाउँपालिकाको जनजीवन त्रसित बनेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com