सिभिल बैंकका कर्मचारी ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

 

पुस २४, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएको जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ ।

सीआइबीले न्यूरोडस्थित कृषि विकास बैंकमा भएको ५ करोड रुपैयाँ हिनामिनाको समेत अनुसन्धान गरिरहेको छ । जसमा नेपाली सेनाका जर्नेल समेत मुछिएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com