उप–प्रधानमन्त्री महराले पुरा गरे चुनावी एजेण्डा, आजबाट दाङमा हवाई सेवा संचालन


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

दाङ, २३ पुस । प्रदेश सभा र प्रतिनिधी सभामा चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको टरिगाउँ विमानस्थलमा पुस २३ (आज) आइतवार देखि हवाई सञ्चालनमा आएको हो ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा, दाङ ३ का एमालेबाट निर्वाचित सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे पहिलो फ्लाइटमा चढेर दाङ आएका छन्

लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले गत बिहीबार विमान सचालनमा ल्याउन काठमाडौँमा सहमति गरेका थिए ।

हवाई सेवा सञ्चालनमा आएपछि दाङवासी खुसी भएका छन् । स्थानीयवासी भन्छन्, ‘कृष्णबहादुर महराले चुनावी दौरानका क्रममा बोलेका वाचा पुरा गरे ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com