राजधानी माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा निवास घेराउ


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

 

पुस २३, काठमाडौं । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित धनकुटावासीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेका छन् ।

धनकुटालाई प्रदेश राजधानी माग  गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए ।

भौतिक पूर्वाधार ,सार्मथ्य, सुरक्षा र भौगोलिक सुन्दरता सबैमा धनकुटा राजधानी हुन लायक रहेको उनीहरुको तर्क छ ।

धर्ना कार्यक्रम सोमबार पनि रहेको समितिका सदस्यहरुले जनाएका छन् । धर्ना कार्यक्रममा राजनीतिक दलका अगुवा, सामाजिक व्यक्तित्व तथा धनकुटा घर भएर काठमाडौंमा बसोबास गरिरहेका धनकुटेलीको उल्लेख्य सहभागिता थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com