आजदेखि काठमाडौं–दाङ हवार्इ उडान शुरु, पहिलो यात्रु कृष्णबहादुर महरा


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

 

पुस–२३ काठमाडौं । प्रदेश नम्बर ५ को राजधानीको रुपमा चर्चा गरिएको दाङमा काठमाडौंदेखि हवार्इ उडान शुरु भएको छ ।

दाङका नवनिर्वाचित सांसद एवं विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरासहितका यात्रु लिएर समिट एयरको जहाज आइबार त्यसतर्फ उडेको छ ।

विमानमा नेकपा एमालेका नेता प्रकाश ज्वाला, तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलगायत छन् । विमानस्थल निर्माण भएको लामो समय बितिसक्दा पनि दाङमा हवार्इजहाज उड्न सकेको थिएन । चुनाव प्रचारका क्रममा महरा र एमालेका शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने आश्वासन दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com