बिर्तामोडको सागरिया प्लाइउड उद्योगमा आगलागी, एक करोडको क्षति


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

पुस २२, भद्रपुर, झापा,  झापाको बिर्तामोडमा सञ्चालित एक प्लाइउड उद्योगमा आगलागी भएको छ। बिर्तामोड नगरपालिका २ स्थित सागरिया प्लाइउड उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट उद्योगमा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।

शुक्रबार बेलुका उद्योगको मेसिनमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई, मेसिनरी सरसामान, काठ लगयातको सामान जलेर नष्ट भएको छ। उद्योगमा आगलागी भएपछि बिर्तामोड नगरपालिका वारुणयन्त्रले निभाउन नसकेपछि भद्रपुर नगरपालिका वारुणयन्त्र थप मद्दतका लागि पुगेका थिए। आगलागी नियन्त्रणमा दुई वटा वारुणयन्त्रसहित नेपाल प्रहरी, स्थानीयबासीले समेत सहयोग पुराएकोले समयमै आगो नियन्त्रणमा आएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com