एमाले कार्यकर्ता पौडेलको हत्या विरोधमा बुटवल बन्द


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

बुटवल, २२ पुस । काठ ब्यवसायी तथा एमाले कार्यकर्ता बलु पौडेलको हत्याको बिरोधमा एमाले निकट युवा र बिद्यार्थीबाट रूपन्देही बन्दको आह्वान गरेको छ ।

बन्दका कारण बुटवल बजार र आसपासका क्षेत्रमा प्रभाव परेको छ । बजार पूर्ण रुपमा बन्द भएको छ । यातायातका साधन चल्न सकेको छैन ।

बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com