पोखरामा मोबाइलको विवादमा दुई जनाको हत्या भएको खुलासा, हत्यामा संलग्न युवक पक्राउ


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

पुस २०, पोखरा पाँच दिनअघि पोखरामा दुई जनाको हत्या मोबाइलको विवादमा भएको खुलेको छ। हत्यामा संलग्न युवकलाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ।

सराङकोटस्थित निर्माणाधिन माउन्टेन रिसोर्ट एण्ड स्पामा दुई कामदारको हत्या भएको थियो भने एक घाइते भएका थिए। हत्यामा संलग्न पूर्ण बहादुर लिम्बुलाई प्रहरीले बुधबार धनकुटाबाट पक्राउ गरेको हो।

उनले घनले हानेर निमा शेर्पा र आङलाक्पा शेर्पालाई हत्या गरेका थिए। हत्यापछि उनी भागेका थिए। अभियुक्त लिम्बु पनि सोही रिसोर्टमा कार्यरत थिए।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार लिम्बुमाथि मोबाइल चोरीको आरोप लागेको थियो। सोही विषयलाई लिएर उनीहरुबीच विवाद भएको थियो। चोरको आरोप लगाएर गाली गरेपछि उनले प्रतिशोधस्वरुप हत्या गरेको अनुसन्धानमा खुलेको छ। ‘योजना बनाएर नै उसले हत्या गरेको अनुसन्धानमा देखिन्छ,’ एसपी सिंहले भने,‘साथीहरु सुतेपछि मदिरा पिएर उनले घनले हानेर भागेका थिए।’

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com