यस्तो छोरा बुहारी त कसैको नहुन 


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

बुहारीले ऐनामा हेरेर लिपिस्टिक मिलाउदै भनिन , ” आमा आज तपाइले आफ्नो खाना आफै बनाउनु , मलाइ र उहाँलाई आज एउटा पार्टीमा जानुछ ” !

वृद्ध आमाले भनिन ” छोरी मलाइ ग्यासबाला चुल्हो बाल्न आउदैन ” !

तब छोराले भन्यो ” आमा छेउमा रहेको मन्दिरमा आज भण्डारन छ त्यहाँ गइहाल्नु खाना बनाउने झन्झट पर्दैन “….!!!

आमा चुपचाप आफ्नो चप्पल लगाएर मन्दिर भएको तिर गइन !

यो पूरा वार्तालाप 10 सालको छोरा रोहनले सुनिरहेको थियो ! पार्टीमा जाने समयमा रोहनले आफ्नो ममि डेडिलाई भनेछ “डेडी जब म धेरै ठूलो मान्छे बन्छु नि तब म पनि आफ्नो घर कुनै मन्दिरको छेउमा नै बनाउछु ” !

ममिले उत्सुकतावस सोधिन ” किन छोरा ?

रोहनले जुन जवाफ दियो त्यो कुरा सुनेर उनिहरु दुवैजना को शिर लाजले निहुरिएर तल पर्यो ” !

रोहनले भन्यो ” किनकी ममि मलाइ पनि कुनैदिन यस्तै पार्टीमा जानुपर्ने हुदा तपाईं पनि कुनै मन्दिर मा खाना खान जानुहुनेछ ! म चाहदिन कि कुनै टाढाको मन्दिरमा जानुपरोस “…!!!!!

ढुङ्गा तबसम्म शुरक्षित हुन्छ

जबसम्म पर्वतसँग जोडीएको हुन्छ !

पात तबसम्म शुरक्षित हुन्छ

जबसम्म रुख सँग जोडीएको हुन्छ !

मान्छे तबसम्म शुरक्षित हुन्छ ,

जबसम्म ऊ परीवारसँग जोडीएको हुन्छ

किनकि परीवारसित अलग भएर स्वतन्त्रता त मिल्न सक्छ तर सँस्कार मिल्दैन !

एक मसानघाटमा लेखिएको थियो ” कसैलाइ के आरोप लगाउनु साथी …… जिन्दगीमा सताउनेहरु पनि आफ्ना थिए

र जलाउनेहरु पनि आफ्ना थिए ” !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com