Follow @khasokhasmag

रानीपोखरीसँग सम्बन्धित लिच्छविकालीन ढुंगेधाराको पनि अनुसन्धान हुनुपर्ने विज्ञको सुझाव


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

पुस २०, रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गठित विज्ञ समूहको बिहीबार बसेको बैठकले पुरानै शैलीमा पोखरी पुनःनिर्माण हुनुपर्ने निष्कर्ष निकालेको हो ।

गत मंगलबार र बुधबार रानीपोखरीमा गरिएको पुरातात्विक उत्खनन्बाट पोखरी पुरानै शैलीमा पुनःनिर्माण गर्न सकिने देखिएको विज्ञ समूहले जनाएको हो ।

उत्खननन्का क्रममा पोखरीको पिंधबाट ९० सेन्टिमिटर तल नै पानीको प्राकृतिक स्रोत फेलापरेको, बाहिरी पर्खालमा माछाकाँडे आकारमा इँटाको पर्खाल रहेको, कालोमाटो प्रयोग भएको र पोखरीमा विभिन्न तहका डिलहरु रहेको पाइएको थियो ।

सो समूहका सदस्य प्रा। डा। सुदर्शनराज तिवारीले केही दिनमा उत्खनन्को प्रतिवेदन महानगरपालिकालाई बुझाउने जानकारी दिए ।

उनले रानीपोखरीभित्र रहेका भनिएका इनारहरु, लिच्छविकालीन भोटाहिटी तथा पोखरीको चारैतिर रहेका ढुंगेधाराहरुको रानीपोखरीसँगको सम्बन्धबारे पनि अध्ययन–अनुसन्धान हुनुपर्ने सुझाव दिइने पनि बताए ।

विज्ञ समूहले रानीपोखरीको चारैतिर ढुंगा–कंक्रिट प्रयोग गरी उठाइएको पर्खाललगायतका संरचनाहरु हटाउनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com