चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे नयाँ उद्घोष


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन्।

विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले दुवै दलका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने विषय सहज ढंगले अगाडि बढ्ने जानकारी दिए ।
पार्टी एकता संयोजन समितिले दुवै दलका अध्यक्षलाई दुई प्रमुख नेताका रुपमा निर्णय गरिसकेको भन्दै दाहालले दुवै दलका शीर्ष नेतालाई समुचित भूमिका दिने विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको बताए।

पार्टी एकताका विषयमा एमाले र माओवादी केन्द्रबीच कुनै अप्ठेरो नभएको बताउँदै दाहालले छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको उल्लेख बताए । राष्ट्रियसभा निर्वाचन लगायतका विषयले नयाँ सरकार गठन हुन समय लाग्ने भएकाले त्यस अगाडि नै पार्टी एकता गर्ने तयारी भएको दाहाल बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com