खुकुरी प्रहारबाट भोजपुरमा आमा–छोरा गम्भीर घाइते


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

 

पुस २०, भोजपुर। भोजपुरको पौवादुङ्मा गाउँपालिका–२, तिवारीभञ्ज्याङको हाबुमा एक व्यक्तिको खुकुरी प्रहारबाट आमा–छोरा गम्भीर घाइते भएका छन् ।

‘मानसिक सन्तुलन गुमेका’ ४० वर्षीया शान्तकुमार राईले उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए ।

घाइते हुनेमा स्थानीय ३३ वर्षीया रामकली राई र उनका ६ वर्षीया छोरा अर्पण राई रहेका छन् ।

बुधबार दिउँसो घरमै बसिरहेका बेला शान्तकुमारले एक्कासि उनीहरुमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका आमा–छोरालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।

खुकुरी प्रहार गर्ने शान्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com