भ्यानको ठक्करबाट तीन महिने बालिकाको ज्यान गयो


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

पुस २०, काठमाडौं । काठमाडौं र भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

बा १० च ४९ २९ नम्बरको भ्यानले ११ वर्षकी लक्ष्मी तामाङलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करले लक्ष्मीले बोकेकी ३ महिनाकी उनकी बहिनी खसेर घाइते भएकी थिइन् । तिनै बालिकाको उपचारका क्रममा सिद्धी स्मृति अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै काठमाडौंको नयाँ बसपार्कमा मोटरसाइकलले ठक्कर दिँदा लमजुङ्गको पुरानोकोट–४ का प्रेमबहादुर गुरुङको ज्यान गएको हो । बुधबार राति ११ बजेतिर बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com