Follow @khasokhasmag

काभ्रेको आइटी पार्क प्रयोगमा छैन, पार्क अगाडि गिद्धको रजाइँ


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

पुस १९, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित श्रीखण्डपुर नजिकै रहेको सूचना प्रविधि पार्क ९आइटी पार्क० अगाडि थुपारेको फोहोरको डंगुरमा सिनो खान गिद्धहरु हरेक दिन उडिरहेका हुन्छन्। बनेपा नगरपालिकाले वर्षौं अगाडिदेखि त्यही ठाउँ अगाडि फोहोर फाल्दै आएको कारण बस्ती वरिपरिका बासिन्दाहरुले त्यहाँबाट फोहोर हटाउन संघर्ष समिति नै गठन गरेर दबाब दिँदै आएको भए पनि विकल्प नभएको भन्दै फोहोर फाल्दै आएका छन्। एकातिर आइटी पार्क पनि सरकारले सञ्चालनमा ल्याउन नसक्नु र अर्कोतिर नगरपालिकाले फोहोर थुपारेर दुर्गन्धित बन्दै जाँदा त्यहाँको वातावरण नै प्रदूषित बन्दै गएको छ। प्रदेशसभाका लागि प्रदेश नं। ३ को राजधानी बनाउन आवश्यक पर्ने सुविधा सम्पन्न भवनमध्ये सो भवन पनि उपयुक्त हुने भन्दै सिफारिस गरेको थियो। तर, प्रस्तावित प्रदेश नं। ३ को राजधानी बने काभ्रे बन्न सकेन। सञ्चालनको पर्खाइमा सूचना प्रविधि आइटी पार्क राज्यको ठूलो लगानीमा बनेको काभ्रेपलाञ्चोकस्थित सूचना प्रविधि पार्क अझै सञ्चालनमा आएको छैन। विभिन्न समयमा सञ्चालनको प्रयास भए पनि ती प्रयास प्रयासमा मात्रै सीमित रहँदा आइटी पार्क अहिले पनि सञ्चालनको पर्खाइमा छ। तर, करोडौं लगानीमा निर्माण गरेको भवन सञ्चालनमा नआउँदा माकुराले जालो बुन्दै छ आइटी पार्कमा। ०५७ मा २ सय ५७ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरिएको उक्त पार्क कुल ३० करोडमा बनेको थियो। सरकारको ठूलो लगानीमा बनेको आइटी पार्क सञ्चालन भएपछि सूचना प्रविधि क्षेत्रमा सरकारकै सहभागितामा महत्वपूर्ण कार्यको थालनी मात्र हुने थिएन नेपाल सरकारलाई आर्थिक रुपमा समेत टेवा पुग्न सक्ने अनुमान गरिएको थियो तर हालसम्म पार्क सञ्चालनमा आउन सकेको छैन। ०६३ मा नेदरल्यान्डको एक कम्पनीले ६ महिना काम सञ्चालन पनि गरेको थियो। इन्टरनेटको समस्या र काठमाडौंदेखि काभ्रेको आइटी पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको भन्दै कम्पनीले पार्क छोडेको थियो।

पछि ०६५ आइटीसम्बन्धी काम गर्नका लागि अमेरिकन कम्पनी आइबिएमले पार्कमा काम पनि थाल्यो। क्यान काभ्रेका अध्यक्ष नमराज भुर्तेलले नेपालको एक मात्र सूचना–प्रविधि पार्क सञ्चालन हुन नसक्नु सरकारको नालायकपन भएको बताउँदै आएका छन्। क्यानले निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआएको आइटी पार्क पछिल्लो समयमा त झन् अन्योलमा परेको बताएका छन्। सञ्चालनमा ल्याउन नसक्दा भवनहरु प्रयोगमा नआएका कारण चर्किने अवस्थामा पुगिसकेका छन् भने धेरै पूर्वाधार बिग्रने अवस्थामा छन्। कतिपय कोठामा त माकुराको जालोसमेत लगाइसकेको छ। प्रयोगमा छैनन् भवन भवनहरु पनि प्रयोगमा नआउँदा चर्किने अवस्थामा पुगेका छन् भने धेरै पूर्वाधार बिग्रने अवस्थामा छन्। कतिपय कोठामा त माकुराको जालोले ढाकिसकेको देख्न पाइन्छ।

प्रत्येक फोरममा आइटी पार्क सञ्चालनका लागि कुरा उठाउने गरेको भए पनि विज्ञान तथा प्रविधिमन्त्रीहरुले तुरुन्तै सञ्चालन गर्ने आश्वासन पनि दिने गरेका हुन्छन् तर आश्वासन आश्वासनमै सीमित छ। नेपालको एक मात्र सूचना–प्रविधि पार्क सञ्चालन हुन नसक्नु विडम्बनाको कुरा हो। अन्योलमा आइटी पार्क निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआएको आइटी पार्क पछिल्लो समयमा त झन् अन्योलमा परेको छ। सूचना प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको पार्क आयोग नै विघटनसँगै अन्योलमा परेको हो। अहिले पार्कलाई विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि महाशाखाभित्र सीमित बनाएपछि त यो सरकारका लागि पनि बेवास्ताको सिकार बनेको छ। उक्त संरचनालाई प्रयोगमा ल्याउनका लागि विभिन्न प्रयत्नहरु गर्दै आएका छन्। यसैमध्यको एक काठमाडौं विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्टल क्लबको आयोजनामा २ दिने आइटी मिट हुने भएको छ। २१ र २२ पुसमा सूचना प्रविधि ९आइटी० पार्कमा हुने आइटी मिटमा कम्प्युटरको हार्डवेयर र सफ्टवेयरसम्बन्धी प्रदर्शनी हुनेछ। यस्तै, ४० देखि ४२ घण्टासम्म नसुतेरै एउटा प्रोजेक्ट विकास गरिने कोअर्डिनेटर प्रतितराज गिरीले जानकारी दिए। सो प्रोजेक्टलाई ह्याकाथन नाम दिइएको छ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com