मामाले गरे, भाञ्जाको हत्या


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

पुस १८, घोराही उपमहानगरपालिका ६ बरूवागाउँका १९ वर्षीय वशन्त वलीको हत्या उनकै मामाले गरेका छन्। बंगलाचुली गाउँपालिका वडा नं। ४ निवासी वलीका मामा २४ वर्षीय भोजराज भन्ने जितबहादुर महराले भीरबाट धकेलेर वलीको हत्या गरेको रहस्य खुलेको दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी दुर्गा सिंहले सेतोपाटीलाई बताइन्।

वलीको शव गत बिहीबार बंगलाचुली गाउँपालिका वडा नं। ४ शिरबारी भन्ने स्थानको झाडीमा फेला परेको थियो ।

हत्याको कारण मदिरा

वलीको हत्याको कारण मदिरा सेवनले भएको एसपी सिंहले जानकारी दिइन्। मंसिर ९ गते भान्जाको घरबाट मामा भान्जा बंगलाचुलीस्थित मामाको घर जाँदै गर्दा बाटोमा अत्याधिक मदिरा सेवनपछि मामाले भान्जालाई भीरबाट धकेल्दा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मदिराले मातेपछि दुबै ट्रिप्परमा चढेर घर थिए। मदिराले लठ्ठ उनीहरूले धेरै हल्ला गरेपछि ट्रिप्परले बिच बाटोमा ओरालिदिएछ। त्यसपछि हिड्दै गरेका भाञ्जालाई मामा महराले भीरबाट धकेलिदिएको प्रहरीसँगको बयानमा महराले बताएको एसपी सिंहले बताइन्।

‘मामा महराले भीरबाट धकलेपछि भान्जा बेहोस भएछन् र त्यसपछि होसमा ल्याउन नजिकैको पानीमा लगेर टाउको नुहाइ दिएको बयान दिएका छन्,’एसपी सिंहले भनिन्, ‘टाउकोमा पानीले नुहाउँदासमेत भान्जाको होस नखुलेपछि महराले खुट्टा समातेर तानेर झाडीमा लगेर फालेको स्वीकार गरे।’

झाडीमा लगेर भान्जालाई फालेपछि पनि मामा महरा एक घन्टासम्म होस आउँछ कि भनेर कुरेको तर, होस नआएपछि आत्तिएर भागेको बयान प्रहरी समक्ष दिएका छन्।

‘महरा राति फेरि आएर भान्जाको होस आयो कि भनेर हेर्ने आएछ, तर त्यति बेला पनि अचेत देखेपछि इन्डिया भागेका रहेछ,’ एसपी सिंहले सेतोपाटीसँग भनिन्,‘हामीले महरालाई दिल्लीबाट पक्राउ गरेर ल्याएका हौ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com