Follow @khasokhasmag

सामाजिक सञ्जालको ‘गैरजिम्मेवार’ प्रयोगप्रति चिन्ता


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

अमेरिकी राष्ट्रपतिको पदभार छोडेपछि दिइएको एक दुर्लभ अन्तर्वार्तामा बराक ओबामाले गैरजिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरेका छन्।

बीबीसीसँग कुरा गर्दै ओबामाले समाजिक सञ्जालको गैरजिम्मेवार तरिकाले प्रयोग गर्नाले जटिल विषयप्रति मानिसहरुको बुझाइमा असर परिरहेको बताए।

उनका विचारमा त्यसले नागरिक बहसलाई प्रभावित तुल्याउँदै समाजमा गलत हल्लाहरु फैलाइरहेको छ।

ओबामाले आफूपछिका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम लिएनन्।

‘होसियारी’

तर उनले नेतृत्वमा रहेका मानिसले समाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा होसियारी अपनाउनु पर्नेमा जोड दिए।

उनले भने, “इन्टरनेटको एउटा खतरा के हो भने मानिसहरुले बुझेको वास्तविकता एकदमै फरक हुनसक्छ। उनीहरुलाई आफ्नो पुर्वाग्रह सुहाउँदो जानकारीमात्र दिने वातावरण बनाइन सक्छ।”

उनले विविध आवाजहरु अभिव्यक्त हुन पाउने गरी यो प्रविधिको विकास हुनु पर्नेमा जोड दिए।

ओबामाले ब्रिटेनका राजकुमार ह्यारीसँगको कुराकानीमा समाजिक सञ्जालको सही प्रयोग गर्नु पर्ने धारणा राखेका हुन्।

राजकुमार ह्यारी बीबीसी रेडियोको ‘टुडे’ नामक कार्यक्रमका लागि बुधवार अतिथि सम्पादकको रुपमा काम गर्दैछन्।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com