क्रिसमस इभमा मापसे गरेर सवारी चलाउने २४५ कारबाहीमा परे


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

पुस १०, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिए ।
“दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौँ”– उनले भने । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com