ठेकेदारको हत्यामा संलग्न कामदार ४८ घण्टामा पक्राउ


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ तनहुँ – तनहुँ र गोरखाको पालुङटार नगरपालिका जोड्ने मर्स्याङदी नदी माथि निर्माणाधीन पुलको पेटि ठेकेदारको हत्यामा संलग्न कामदारलाई तनहुँ प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा नं ३ चम्पापुर स्थायी घर भएका वर्ष २२ को दिलाई मुर्मु नामले चिनिने दिनेश सोरेन रहेका छन् । आक्रमण पछि फरार भएका सोरेनलाई प्रहरीले घटनाको ४८ घण्टा पछि आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँले खोजतलास गर्दा आइतबार १ बजे भानु नगरपालिका वडा नम्बर ८ देउरालीटारको ईट्टा भट्टीमा लुकी छिपी ईट्टा बोक्ने काम गर्दै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए ।

कन्काई नगरपालिका वडा नं ३ चम्पापुर स्थायी घर भएका वर्ष २२ को दुम्सी राई, दिलाई मुर्मु नामले चिनिने दिनेश सोरेनले फलामे रडले टाउकोमा प्रहार गर्दा पेटी ठेकेदार झापा कन्काई नगरपालिका वडा नं २ सुरुङ्गा बस्ने बर्ष ३३ को राज भन्ने राजकुमार श्रेष्ठ सख्त घाईते भएका थिए ।

घाइेत श्रेष्ठलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि उपचारका क्रममा श्रेष्ठको मृत्यु हुन पुगेको थियो । सो घटनामा अन्य दुई जना मजदुरहरु रवि याङरान र दीपु मड्डी घाइते समेत घाइते भएका छ्न। घाइतेको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसरी भएको थियो घटना

पुल निर्माणमा खट्दै आएका मजदुरहरुले शुक्रबार राति मादकपदार्थ सेवन गरी झडप शुरु भएकोमा झडपमा छुटाउन खोज्दा फलामको रड लागेर श्रेष्ठ घाइते भएको प्रहरीले बताए । झडपको क्रममा पुलको काम गर्दै आएका मजदुरहरु रवि याङरान र दीपु मड्डी घाइते भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com