‘भोज कहिले ख्याउने भन्दै साथीभाईले गर्छन् ल्याङ ल्याङ’


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

– सुवास संकल्प

गायक बल बहादुर राजबशिको ‘बिहे गर्ने हो’ एल्बममा समाबेश गरिएको ‘यसपाली त बिहे गर्ने हो’ गीतको म्युजिक भिडियो युट्युब मार्फत रिलिज गरिएको छ । गीतमा मैथिली गायनमा स्थापित भैसकेका गायक बल बहादुर राजबशिको स्वर र हरि लम्सालको संगीत रहेको छ ।

त्यस्तै राजुबाबु श्रेष्ठको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा अहिले युवाहरुमाझ ख्याति कमाएकि नायिका एलिसा राई तथा भिमफेदी गाइजको जोडदार अभिनय रहेको छ । एलिशाले यसअघि पनि धेरै भिडियोमा भिमफेदी गाईज संगै तालमा ताल मिलाएर नाचेकी छिन् । उक्त भिडियोलाई निर्मल लामा भिजीले निर्देशन गरेका छन भने छायांकन ज्ञानेन्द्र शर्माले गरेको भिडियो यस्तो बनेको छ ।

राजबशी स्टार गायकको रुपमा परिचित बलबहादुरले दर्जनौ एल्बम तथा गीतहरुले राजबशी समुदायको मन जितिसकेका छन् । उनले यस अघि मुटु साट्यौ एल्बम बजारमा ल्याएका थिए अब यो भिडियोलाई पनि दर्शकहरुले मन पराउनेमा गायक बलबहादुर राजबशी ढुक्क छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com