पहिलो पटक सांसद बन्दै रामकुमारी झाँक्री र नविना लामा
प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार
पुस ७ काठमाडौं प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट पाउने भएको छ। जसमा ३९ महिला र दुई पुरुष सांसद बन्दै छन्। एमालेबाट पहिलो पटक समानुपातिकतर्फबाट सांसद बन्ने भाग्यमानी युवा नेतृ हुन् रामकुमारी झाँक्री र नविना लामा।
एमाले केन्द्रीय सदस्य समेत रहेकी झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष हुन् भने नविना अनेरास्ववियुकी अध्यक्ष हुन्। दुवै नेतृ एमालेको समानुपातिक सूचिमा परेका छन्।
झाँकी अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष हुन्। अनेरास्ववियुकी दोस्रो महिला अध्यक्ष नविना भने झाँकी भन्दा भाग्यमानी ठहरिएकी छिन्। जो अध्यक्ष भएकै बेला सांसद् बन्दै छिन्।