सितल निवास पुगेका ओली र प्रचण्डसँग राष्ट्रपतिको कस्तो परामर्श ?


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती प्रयाशको साटो बखेडा झिेकर द्वन्द्ध चर्काउँदै सत्ता लम्ब्याउने र कानूनी जटिलता सिर्जना गर्ने बाटो लिएपछि राष्ट्रपति बिद्या भण्डारी आफैले सहमतीको लागि पहलकदमी लिनुभएको छ ।

राष्ट्रपतिले केही दिनअघि भएको भेटमा प्रधानमन्त्रीलाई सहमतिका लागि पहल लिन सुझाउनु भएको थियो । तर प्रधानमन्त्री सहमतिको साटो भिडन्ततिर हिडेपछि राष्ट्रपति भण्डारीले आज निर्वाचनमा जितेका बाम गठबन्धनका दुई नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर पछिल्लो राजनीतिक स्थितिबारे छलफल गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ओली र दाहाललाई बोलाउनु भएको हो । दलीय सहमतिले संसदमा प्रस्तुत विधेयक विपरितको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश कामचलाउ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि उक्त अध्यादेशबारे राजनीतिक सहमति जुटाउन राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै आउनु भएको थियो ।

राष्ट्रियसभाको निर्वाचक मण्डल रहेको स्थानीय चुनावको नतिजा आएपछि सरकारले नतिजा हेरेर पहिले संसदमा प्रस्तुत विधेयक परिवर्तन गर्दै अध्यादेश पेश गरेको थियो । दलीय सहमतिका आधारमा निर्वाचन आयोगले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रियसभाको निर्वाचन गर्ने विधेयको मस्यौदा सरकारलाई दिएको थियो । सोही विधेयक संसदमा प्रस्तुत गरेपछि स्थानीय तहको निर्वाचन नतिजा आयो । निर्वाचन नतिजा आफ्नो पक्षमा नदेखेपछि सरकारले प्रस्तुत गरेको राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा सत्तारुढ कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

संसद रहुन्जेल विधेयकलाई विवादको विषय बनाएर संसदको म्याद सकिएपछि सरकारले कांग्रेसको संशोधन प्रस्ताव अनुरुप अध्यादेश बनाई स्वीकृतिका लागि राष्ट्रपति समक्ष बुझाएको थियो । तर, दलीय सहमति पनि नभएको र दलीय पूर्व सहमति उल्ट्याएर कामचलाउ हैसियतमा रहेको सरकारले ल्याएको अध्यादेश विवादास्पद हुने देखेपछि राष्ट्रपति भण्डारीले त्यस विषयमा सहमति खोज्न प्रधानमन्त्री देउवालाई सुझाव दिंदै आउनु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com