काठमाडौंको टोखामा गोली चल्यो, एक जना घाइते


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा स्थानीय ३५ वर्षीय दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे ।

स्थानीय तीन युवकहरुले शिकार गर्ने क्रममा गोली चल्दा उनलाई लागेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

महिला खतरामुक्त 

प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com