एउटाको नेताको इच्छाशक्तिले परिवर्तन गरिदिएको गाउँको स्वरुप


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

काठमाडौं, ४ पुस । पक्कै पनि राजनितिक शक्ति हरेक सामाजिक विकासको मेरुदण्ड हो । सुशासन र समाज विकास गर्ने दृढ इच्छाशक्तिले काम गर्दा परिवर्तनको लागि धेरै समय लाग्दैन भन्ने प्रमाणित गरिदिएका छन् छिमेकी भारतको गुजरात प्रदेशका सांसद सिआर पाटिलले । उनले दुई वर्ष अघि मात्रै विकासको जिम्मा लिई काम अघि बढाउदा गुजरात राज्यको चिखली गाउँ निम्न भौतिक विकासबाट पनि कोसौ टाढा थियो । अहिले सोहि गाउ आर्दश गाउँ बन्ने तरखरमा छ ।

स्थानिय जनता सामान्य बाटो, खानेपानी, विद्युत लगायतको पूर्वाधार बाट बञ्चित थिए । तर एक वर्षको अवधिमै गाउँले कोल्टे फेरेको छ । गाउमा बाटो, खानेपानी, विद्युत लगाएतको पूर्वाधारको विकास भएको छ नै एक शानदार पार्क पनि बनेको छ। सडकमा सीसीटीभी जडान गरिएको छ । एक वर्षको अवधिमा गाउँमा ४५० घरमा खानेपानीको धारा जडान गरिएको। त्यस्तै प्रत्येक घरमा शौचालयको निर्माण गरिएको छ । सडकहरु पिच गरिएका छन् । त्यस्तै सडकमा सौर्यवक्ति जडान गरिएको छ, जसले गर्दा राति सबैजसो सडकमा बत्ती बल्छन् । गुजरात राज्यको नवसारी जिल्लामा पर्ने यो गाउँ अहिले आदर्श गाउँ बन्ने तयारीमा छ ।

गाउँको विकासको लागि सांसद पाटिलको मुख्य योगदान रहेको छ । उनले दुई वर्षको अवधिमा गाउँको विकासको लागि जम्मा तीन करोड रुपैयाँ खर्च गरेका छन् । त्यस्तै ग्राम पञ्चायतले करिब अढाई करोड रुपैया खर्च गरेको छ । कुनैबेला नयाँ आगन्तुक जान हिच्कीचाउने गाउँ अहिले गाउँको विकास निर्माणको नमूना अध्ययन गर्ने थलो बनेको छ । नेपालमा पनि यस्तै परिवर्तन सम्भव होला त ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com