काँग्रेस नेता परियारको निधन


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ ।

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com