चिसो बढेसँगै लोडसेडिङ शुरु भयो, दिनको १ घण्टा विजुली जाने


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

पुस–२ सल्लेरी, चिसो बढेसँगै बिजुलीको माग बढेका बेला सोलुखुम्बु सदरमुकाम सल्लेरीमा लोडसेडिङ हुन थालेको छ । सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट वितरीत बिजुलीले माग धान्न नसकेपछि सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आइतबारदेखि लोडसेडिङ हुने भएको हो ।

चिसो बढ्दै गएपछि साँझ र बिहानको समयमा विद्युतीय खपत बढेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा लोडसेडिङको समय बढेको कम्पनीका निमित्त प्रमुख रामेश्वर मास्केले जानकारी दिए ।

कम्पनीले जाडोको समयमा आवश्यकताभन्दा बढी विद्युत खपत हुने सामग्रीको प्रयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनीबाट ६ सय ३३ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com