नयाँ शक्ति पार्टी नेपालले समानुपातिकमा थ्रेसहोल्ड कटाएन, करिश्माको सांसद बन्ने धोको अधुरै


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

पुस २, काठमाडौं प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १ सीट र प्रदेशसभामा दुई सिट जितेको नयाँँ शक्ति पार्टी नेपालले समानुपातिकमा निर्धारित थ्रेसहोल्ड कटाउन सकेन ।

मतगणना अन्तिम चरणमा पुगेको समयमा आइतवार मध्यान्हसम्ममा नयाँ शक्तिले देशभरबाट झण्डै ८२ हजार भोट पाएको छ । समानुपातिक तर्फ नवौ दल बनेको नयाँ शक्तिले ८१ हजार ८ सय ३७ मत पाएको छ ।

नयाँ शक्तिले समानुपातिकको बन्दसूचीमा नायिका करिश्मा मानन्धरको नाम एक नम्बरमा राखेको थियो ।

समानुपातिक तर्फबाट सांसद बनाउने भन्दै नयाँ शक्तिका प्रायः ठूला आमसभामा करिश्मा सहभागी भएकी थिइन् । तर सांसद बन्ने करिश्माको धोको पूरा नहुने भएको छ ।

पूर्णकालीन राजनीतिमा होमिएकी करिश्माले अर्को पटक प्रत्यक्ष तर्फ नै चुनाव लड्ने बताउँदै आएकी छिन् । करिश्मा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य्समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com