वाम एकताबारे भ्रम चिर्न ओली र प्रचण्डको आज पत्रकार सम्मेलन


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज दिउसो ३ बजे होटल अन्नपुर्णमा दुवै अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

चुनावमा सानदार जीत निकालेका बाम गडबन्धनका दुवै अध्यक्षले पार्टी एकता, आगामी सरकार गठन र राष्ट्रिय सभा गठनको बिषयलाई लिएर भ्रम फैलाउन लागेपछि पत्रकार सम्मेलन गर्न लागेका हुन ।

पार्टी एकतामा भाँजो हाल्न खोज्नेहरुलाई जवाफ दिनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको दुवै पार्टीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com