प्रधानमन्त्री देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न ओलीको आग्रह


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनको परिणाम आइसकेकाले अब कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताए । राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उनले गैरसंवैधानिक अध्यादेश पारित गर्न नहुने बताए ।

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर कांग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको छ भने । नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रस्ट पार्दै उनले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उनले जनमतअनुसार कांग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com