प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली र प्रचण्ड, विकसित घटनाक्रमबारे छलफल हुँदै


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला वाम गठबन्धन आबद्ध दल एमाले र माओवादीका अध्यक्ष शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।

प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीचको वार्ता अहिले चलिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com