प्रधानमन्त्री शेरबहादुर देउवाले जादा जादै एउटा लोकप्रिय कार्य गर्दै जस्ले धेरै नेपालीलाई खुशि बनाउनेछ


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

सरकारले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराई रहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिने तयारी गरेको छ ।
मदिरा र सुर्तिजन्य प्रदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई उठने रकमबाट यस्ता विरामीलाई जिविकोपार्जन भत्ता दिने तयारी गरेको हो ।स्वास्थ्य मन्त्रालयय आज सो सम्वन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने बुझिएको छ ।
मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरीले क्यान्सर र मिर्गौलाका बिरामीहरुको उपचार लामो समय गर्नु पर्ने र आफ्नो जिविकोपार्जन गर्न नसक्ने हुदाँ मन्त्रालयले जिविकोपार्जन स्वरुप मासिक ५ हजार दिने तयारी गरिरहेको बताइन ।
उनले यी रोगको उपचारका लागि केही राहत पहिले नै दिइरहेको भएपनि औषधि उपचारका लागि थप रकम चाहिने भएको कारण जीवीकोपार्जन भत्ताको रुपमा उपलव्ध गराउने प्रस्ताव लगिन लागेको स्पष्ट पारिन । उनले आज बस्ने बैठकले सैद्धान्तिक सहमति दिएमा यस सम्वन्धी कार्यविधि बनाई तत्कालै अघि बढने जानकारी दिइन ।
मन्त्रालयका सहसचिव डा. भोलाराम श्रेष्ठले क्यान्सर उपचार गराईरहँदा, मिर्गौला फैल भई डायलासिस गराईरहँदाको छुट्टै औषधि खरीद गर्नुपर्ने बाध्यता भएकोले यसलाई राहत दिन जीवीकोपार्जन भत्ताको प्रस्ताव गरिएको बताए ।
उनले क्यान्सरको विरामीले किमो नसकिँदा सम्म, मिर्गौलाका विरामीले प्रत्यारोपण नगर्दा सम्मको अवधी र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीका लागि जीवनभरका लागि जीवीकोपार्जन भत्ता दिने प्रस्ताव अघि सारिएको बताए । उनले सो सम्वन्धी खर्चको व्यवस्थापन चुरोट तथा रक्सीमा बिक्रीमा थप कर लगाई व्यवस्थापन गरिने योजना रहेको जानकारी दिए ।
‘कर भन्नासाथ अर्थमन्त्रालय अन्तरगतका निकायमा जाने भन्ने बुझिन्छ तर हामीले सिधै स्वास्थ्यको सामाजिक सुरक्षा कोषमा आउने गरी व्यवस्था मिलाउन भनेका हौँ । चुरोेट रक्सीमा थपिने यो करले उता रक्सी चुरोटको मुल्य पनि बढ्छ । मूल्य बढनासाथ उपभोग पनि घटछ र यता उपचार खर्च पनि संकलन हुन्छ,’ डा श्रेष्ठले भने ।
विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत हालसम्म १ सय ४२ जनाले निशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन्। ८ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन्।
यसको आधारमा क्यान्सर, मिर्गौलाको उपचार गराइ रहेका विरामीलाई मात्रै मासिक ५ हजार दिदाँ बार्षिक ७८ करोड थप बजेट चाहिने डा श्रेष्ठले बताए । उनलेअर्को आर्थिक बर्षमा यसको भार बढेर करीब २ अर्ब पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए ।
हाल सरकारले क्यान्सर र स्पाइनर इन्जुरीका, विरामीलाइ उपचारका लागि एक लाख रूपैयाँ उपचार खर्च दिँदै आएको छ। भने मिर्गौला रोगीलाई भने निशुल्क डायलाइसिस, प्रत्यारोपण गर्नुपरेमा चार लाख रुपैयाँ, प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ र मिर्गौला प्रदान गर्ने तथा ग्रहण गर्ने बिरामीको प्रयोगशाला परीक्षणको लागि ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा निशुल्क दिँदै आएको छ।
यस्तै मिर्गौला रोगीमध्ये एक्युटन रिनल फेलिएरका बिरामीका लागिसमेत एक लाख रुपैयाँ बराबरको उपचार सेवा दिँदै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com