दुबईमा नेपाली चेलीबाट आत्महत्या, यस्तो छ कारण !


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

दुबईमा एक नेपाली चेलीले आत्महत्या गरेकी छिन् । धनकुटा घर भएकी ती नेपाली महिला पाकिस्तानी युवकबाट गर्भवती भएपछि आत्महत्या गरेको उनको मोबाइलमा भेटिएको भिडियोबाट पुष्टी भएको छ ।

उनले मोबाइलमा रेकर्ड गरेको भिडियोमा आफूले गल्ती गरेको बताएकी छिन् । आत्महत्यापछि गरिएको पोष्टमार्टम रिपोर्टमा उनको पेटमा ४ महिनाको बच्चा रहेको उल्लेख छ । केहीदिनदेखि ड्युटीमा नगएकी उनले पासो लगाएर आत्महत्या गरेकी हुन् ।

गुडलक मेनपावरमार्फत उनी दुबई गएकी थिइन् । उनी दुबईको एउटा बैंकमा सरसफाईको काम गर्दै आएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com