Follow @khasokhasmag

लोपोन्मुख दुर्लभ हाँस पाइने मुस्ताङको टिटी ताल


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

मंसिर २९ मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका ५ टिटी गाउँमा अवस्थित मनोरम प्राकृतिक ‘टिटी ताल’ मा ७ प्रजातिका लोपोन्मुख द्र्लभ हाँसले बासस्थान बनाएर बसेको पाईन्छ । पर्यटकिय दृष्टिकोणले ओझेलमा परेको प्राकृतिक हाँसको सौन्दर्यले भरिएको यस तालको संरक्षण र बिकासमा सरकारले चाँसो नदिदाँ टिटी तालको महत्व बढ्न नसकेको बताइन्छ । बेनी—जोमसोम सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका लेतेदेखि कालिगण्डकी नदीपारी पूर्वतर्फ अवस्थित टिटी ताल समून्द्री सतह देखि करिव २७ सय मिटरको उचाईमा अवस्थित छ ।बेनी देखि जोमसोम सडकको मुख्य अस्थायी राजमार्ग देखि ताल सम्मको दुरी करिब ५ किलोमिटर छ ।

उपल्लो मुस्ताङको दामोदरकुण्ड र जोमसोम नजिकैको ढुम्बातालपछिको यो ताल महत्वपूर्ण र लोकप्रिय ताल मानिएको छ । तर यहाँ महत्वपूर्ण पर्यटकिय संम्पदा भएपनि यो तालका बारेमा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक भने बेखबर छन् । टिटी गाउँमा जम्मा १७ घरधुरी बसोबास गर्छन् ।जसमा ३ घरघुरी थकाली र अन्य मिश्रित छन् ।कालिगण्डकी नदीको पूर्व डाडाँको सानो समथर भू—भागमा अवस्थित टिटी तालको लम्बाई करिव ६ सय देखि ८ सय मिटर छ तर तालको चौडाई केही फुकेको र केही साँघुरिएकोले असमान आकारको छ।ताल वरपर चारैतीर हरियाली बातावरणले टिटी गाउँ पुग्ने जोकोही पर्यटक प्राकृतिक दृष्य नियालेर मोहित हुँन्छन् ।पछिल्लो समय तालको आकारमा बृद्धि भएको छ । मनोरम प्राकृतिक टिटी ताल वरपर करिव ७ प्रजातीका करिव ३ सय देखि ४ सयको संख्यामा पानी हाँसले बासस्थान बनाएको संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष तेजेन्द गौचनले जानकारी दिए ।उनका अनुसार ताल छेउछाउमा विश्वमानै लापोन्मुख द्र्लभ पानी हाँसले आश्रय लिएर बसेको जानकारी दिए ।‘यहाँ दुर्लभ मानिएको कमनमलाड र मुडहन नामक पानी हाँस छन्, अन्य प्रजातीको थुप्रै हाँस छन्’अध्यक्ष गौचनले भने‘ हामीलाई आश्चार्य लागेको छ ।

वर्षेनी तालमा नयाँनयाँ प्रजातीका हाँस देखिन्छन् ।’ ताल वरपर छरपष्ट पानी माथि उत्रिएको हरियो लेउको लेदोले प्राकृतिक हाँसको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापकी बन रेञ्जर धनु गुरुङको भनाइ छ । उनले प्राकृतिक पानी हाँसका लागि हरियो लेउ उपयूक्त भोजन भएको र हाँसहरुलाई कसरी वातावरण असन्तुलित नबनाईएकोले हाँसको संख्या बढेको बताईन् वर्षेनी ताल वरपर प्राकृतिक पानी हाँस बृद्धि भएको स्थानीयवासी बताउँछन । ताल वरपर वर्षोदेखि पानी हाँसले अड्डा बनाएको र हालसम्म कसैले यसको शिकार नगरेकाले टिटी गाउँ पानी हाँसका लागि सुरक्षित बाँसस्थान मानिएको छ । सयौको संख्यामा आश्रय लिएर बसेका प्राकृतिक पानी हाँसको स्थानीयले संरक्षण गरेको पाईएको छ भने पछिल्लो समय एक्यापले पनि प्राकृतिक संम्पदा र तालको पूर्वाधार बिकासमा सहयोग गरेको छ । यहाँ आश्रित पानी हाँसको बध गरेमा अनिष्ठ हुँने धार्मिक जनबिश्वास छ ।

थासाङ गाउँपालिकाको महत्वपूर्ण पर्यटकिय गन्तब्यको रुपमा यो टिटी तालको सम्भावना बलियो भएको छयोका देउ बहादुर बिक बताउँछन् ।उनले यसक्षेत्रमा पर्ने छयो,टिटी,ताक्लुङ र भिप्रा देउराली ओझेलमा परेका बस्ती हुँन् ।बिकका अनुसार टिटी तालबाट धौलागिरी हिमाल र अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिने बताए ।तालको वरपर कुनै पानिको श्रोत नभए पनि ताल भित्र पानी मुहान भएको अनुमान गर्न सकिन्छ ।थासाङको टिटी ताललाई पर्यटकिय गन्तब्यमा बिकास गर्न सरोकारवालाले चाँसो नदिएको स्थानीयवासीको दुखेसो छ ।करिव ५ वर्षअघि जिल्ला बिकास समितिले टिटीताल हुँदै ताक्लुङ सम्म कच्चि सडक बिस्तार गरेतापनि यहाँका स्थानीयवासीका दैनिकीमा कुनै फेरबदल देखिन्न । सानो आकारमा सिमित टिटी तालको क्षेत्रफल फराकिलो बन्दै गएको छ ।संरक्षण व्यवस्थापन समितिले प्राकृतिक पानी हाँसलाई संरक्षण गर्दे तालको सरसफाईमा जोड दिने योजना बनाएको अध्यक्ष तेजेन्द्र गोच्नको भनाई छ ।

‘हामीले तालको सौन्दर्य बढाउँने योजना बनाएका छौ,तालको एक चौथाई लेउ लागेको भागलाई तारबार गरेर अन्य भागमा लेउ हटाएर सफा गर्ने भनेका छौ’उनले भने ‘यसो गर्दा पानी हाँसको संरक्षण र तालको सौन्दर्य फेरिने छ ।’उनले तालको संरक्षणामा एक्यापले किस्ताबन्दी गरेर करिव १० लाख र जिविसले ६ लाख रुपैयाँ संरक्षण व्यवस्थापन समिति टिटीलाई सहयोग गरेको बताए ।उनले यस टिटीताललाई पर्यटकिय गन्तब्यका साथै पिकनिक स्पोर्टर सुटिङ हबको रुपमा बिकास गर्न सकिने बताए ।म्याग्दी र मुस्ताङको सिमाक्षेत्र नजिकै भएरपनि हालसम्म यसतालको प्रचारप्रसार र प्रर्वधनमा पहल हुँन सकेको छैन ।दैनिक सयौको संख्यामा आन्तरिक तथा बाह् पर्यटक मुस्ताङ भित्रिए पनि जिल्लाका सरोकारवाला निकायले यस तालको संरक्षण र बिकास अनि पर्यटक प्रवर्धनमा चाँसो दिने गरेको पाईएको छैन ।पर्यटन प्रर्वधनमा यस तालको बिकास गर्न सकिए यहाँ बसोबास गरेका १७ घरघुरीले आर्थिक रुपमा लावान्वित हुने देखिन्छ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com