बुटवलमा एकै वर्ष दुई प्रदर्शनी


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

बुटवल, २९ मंसिर
बुटवलमा पुस ६ गतेदेखि संचालन हुने चौधौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग संघले जनाएको छ । संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको बताएको हो । पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तीमा प्रर्दशनीले यस क्षेत्रको आर्थिक, औद्योगिक, सांस्कृतिक तथा सामाजिक विकासमा कोशेढुंगा बन्ने बिश्वास गरिएको छ । बिज्ञप्तीमा संघको पहलमा वि.सं .२०४५ सालदेखि थालनी गरेको प्रर्दशनीको अभियानले पछिल्ला दिनहरुका नयां रुप धारण गर्दै आएको बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिने र तिनको बजारीकरण गर्र्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उद्देश्य राखिएको बताउनुभयो ।
उहांले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति सरकारी तथा निजी क्षेत्रहरुसँग हातेमालो गरेर अगाडि बढ्नु जरुरी रहेको बताउनु भयो ।
आयोजकका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ५०० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, च्ऋक्ष् त्बभिलत ज्गलत आदि प्रतियोगिताहरु रहने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com