राष्ट्रपति भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने पक्राउ


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

तनहुँ बन्दीपुर ३ घर भएका २० वर्षीय विवेक बानियालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज काठमाडौँबाट पक्राउ गरेको हो । बनिया ट्रिनिटी कलेजमा अध्ययनरत रहेको बुझिएको छ ।

ब्युरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार बानिया गत असारमा फेसबुकमा राष्ट«पति भण्डारीलाई अश्लील र अमर्यादित स्टाटस लेखेपछि फरार थिए ।

पक्राउ गरेका बानियालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

साइबर कानूनको अभावमा यस्ता विषयलाई इकमर्स (इलेक्ट्रोनिक कारोबार) लाई व्यवस्थित बनाउन ल्याइएको यो कानुनको दफा ४७ अनुसार मुद्दा चलाइने गरेको छ। ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com