एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

मंसिर २९, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गएराति सवा १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रि भई दुर्घटना भएको हो।

घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालकिा ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र नेपाल खड्का रहेका छन्।

घाइते सबैको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com