एक वर्षभित्र हरेक विद्यालयमा महिला शौचालय निर्माण गर्ने प्रतिबद्धता ः योगेश भट्टराई


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मंसिर २७ , ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले ताप्लेजुङका प्रत्येक विद्यालयमा एक वर्षभित्र व्यवस्थित महिला शौचालय निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।

शौचालयको अभावमा विद्यालयमा अध्ययनरत छात्राले विद्यालय छोड्ने गरेकाले अबको एक वर्षमा जिल्लाका प्रत्येक विद्यालयमा शौचालय निर्माण सम्पन्न गर्ने भट्टराईले प्रतिबद्धता गरेका छन् ।

‘विद्यालय उमेरका किशोरीहरूलाई पढाईलाई निरन्तरता दिन प्रेरित गर्नका लागि प्रत्येक विद्यालयमा महिला शौचालय निर्माण गरिनेछ ।’ भट्टराईले भने, ‘छात्राहरूले विद्यालय छोड्नुको कारण मध्ये महिनावारीका बेला विद्यालयमा शौचालय तथा पानीको व्यवस्थापन नहुनु पनि प्रमुख कारण देखिएको छ । अब यसको अन्त्य हुन्छ । ताप्लेजुङ्का सबै छोरीहरू स्कुल जानेछन् ।’

प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने पनि उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ताप्लेजुङका सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले जिल्लामा कार्यरत संघ संस्थालाई गोष्ठी र तालिममा मात्रै सीमित नभएर शौचालय निर्माणमा लाग्न पनि सुझाव दिए । उनले विद्यालयमा शिक्षण नगराउँने शिक्षकको खोजी गरि कारबाही प्रकिया समेत अगाडि बढाउने चेतावनी दिए ।

सचिव भट्टराईले पाँच वर्ष भित्रमा जिल्लाका महिला तथा बालबालिकाको स्वास्थ्य, शिक्षा, रोजगार र नेतृत्व विकासमा आमूल परिवर्तन ल्याइने बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com