प्रदेशसभा कास्की ३ (क) मा रामजी बराल विजयी


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

पोखरा, २४ मंसिर । प्रदेशसभा कास्की क्षेत्र नं ३ (क)मा नेकपा (माओवादी केन्द्र)का रामजी बराल निर्वाचित हुनुभएको छ ।

उहाँले १५ हजार ८२३ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत पाउनुभएको छ । क्षेत्र नं ३ (क) मा ४२ हजार १८१ मतदाता रहेकामा २८ हजार ९०४ मतदाताले मतदान गरेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उहाँले आपूm सधैँ यस क्षेत्रको विकासमा क्रियाशील रहने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com