नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ५ मतले पराजित, आशा कोइराला विजयी


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्य पदको निर्वाचनमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए ।

उनी लेकतान्त्रिक गठबन्धनबाट उम्मेदवार थिए भने कोइराला बाम गठबन्धनबाट चुनाव लडेकी थिइन् । कोइराला यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । पौडल नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् ।

यसैबीच कांग्रेस उम्मेदवार पौडेलले हालसम्मको चुनाव बदर गरी पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् । पौडेल समर्थकले पुनः चुनाव गर्न माग गर्दै दमौलीमा नाराबाजी समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com