न्युयोर्कमा यो सिजनकै पहिलो हिमपात हुँदै


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

शनिबार विहानैदेखि न्युयोर्कमा हिमपात सुरु हुने मौसमविदहरुले जनाएका छन् । विहान ६ बजेदेखि सुरु हुने हिमपात यो सिजनकै पहिलो हिमपात हुनेछ ।

न्युयोर्क सहरमा ३ देखि ५ इन्चसम्म हिमपात हुनसक्ने राष्ट्रिय मौसम सेवाले जनाएको छ । शनिबार दिउसोसम्म हिमपात हुने भएपनि रातीसम्मका लागि नै मौसम सबन्धि सुचनाहरु जारी गरिएको छ । शनिबार न्युयोर्कको तापक्रम शुन्य डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ ।

हिउँ पगाल्नका लागि सडक पेटीहरुमा नुन छरिएको छ भने सडकमा भोलि विहान ७ बजेदेखि नुन छरिने जनाइएको छ । त्यस्तै हिउँ जोत्ने गाडीहरु पनि सडकमा परिचालन गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com