तराजुमय वातावरण देखेर उत्साहित छु: रविन्द्र मिश्र


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

२१ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र मिश्रले आफूप्रति मतदाताको सदभाव उत्साहजनक र असाधारण देखिएको बताएका छन् ।’

‘एकदमै खतरा मोलेर खतरनाक बाटो हिँड्न भनेरै आएका हौं । त्यो हिँड्ने कुरामा हामी दृढ छौं,’ डिल्लीबजारको विजय स्मारक विद्यालयको मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै मिश्रले भने, ‘देशभर तराजुमय वातावरण बनेको छ । त्यसबाट हामी उत्साहित छौं ।’

काठमाडौं १ बाट उम्मेदवार बनेका मिश्रले ललितपुरबाट मतदान गरेका छन् ।

उनले सबै मतदान केन्द्र व्यवस्थित र सुरक्षित भएको पाइएको बताए । उमेर पुगेका मतदाताहरु सबैलाई मतदान गर्न जान आह्वान पनि गरे । एक मतमा देश बनाउने र आफ्नो भविष्य बनाउने ताकत हुने भएकाले कुनै पनि हालतमा मताधिकार प्रयोग गर्नुपर्ने मिश्रको आग्रह थियो ।

उनले भने, ‘देश बनाउनको लागि, आफ्नो टोलछिमेक बनाउनका लागि, आफ्नो परिवार बनाउनका लागि, आफ्नो भविष्य बनाउनका लागि लोकतन्त्रमा एउटा मतको ठूलो शक्ति हुन्छ । त्यो हामी सबैले प्रयोग गर्नुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com