सेतो पछ्यौरा ओढेर मतदान गरिन् विनाले


प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१ काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विनाले पुनर्वास नगरपालिका वडा नम्बर ३ रामबस्तीस्थित गोरखा आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्। पति प्रकाश दाहालको हालै निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन्। नेपाली हिन्दू परम्परामा पतिको निधनपछि एकल महिलाले रातो पहिरन लगाउँदैनन्। विना वाम गठबन्धनकी साझा उम्मेदवार हुन्। विनासंग कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com